अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रु.५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण

रु.५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण


इटहरी– कारितास नेपालले इटहरी अस्पताललाई रु.५ लाख ८२ हजार बराबरको विभिन्न स्वास्थ्य समाग्री प्रदान गरेको छ । इटहरी अस्पतालमा आयोजित कार्यक्रमकाबीच कारितास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ किसिमका स्वास्थ्य समाग्री प्रदान गर्नुभयो ।

कारितासले १० थान सेमि फोल्टिड बेड र म्याट्रेस, १० पिस बल्यांकेट,२०० थान एननाइन्टिन माक्स, १०० प्याकेट सर्जिकल माक्स, १०० थान पिपिइ सेट, ७८ थान सेनिटाइजर, २० प्याकेट सर्जिकल पञ्जा, १५० वटा एन्टिजेन टेष्टिङ्ग किट, २० वटा पल्स अक्सिमिटर, पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो ।

उपप्रमुख लक्ष्मी गौतमले कारितासको सहयोगबाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने बताउँनु हुँदै धन्यावद ज्ञापन गर्नुभयो ।

इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समाग्रीले निक्कै सहयोग पुग्ने बताउनुभयो । कारितास नेपालका देवेन्द्र पोखरेलले कारितास विपद्का बेलामा स्थानीय सरकार सँगसँगै रहेको बताउनुभयो । उहाँले कोभिडसँग जुध्न ११ जिल्लामा रु.१० करोड बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको जानकारी दिनुभयो ।