अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘श्वेतशार्दुल’को विमोचन आज अध्यक्ष ओलीले गर्ने

‘श्वेतशार्दुल’को विमोचन आज अध्यक्ष ओलीले गर्ने


काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको जीवनमा आधारित पुस्तक श्वेतशार्दुल विमोचन गर्दैहुनुहुन्छ । इलामका रमेश रुछेन राईले लेखेको यो पुस्तक दिउसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा विमोचन गर्ने कार्यक्रम छ ।
पुस्तकमा मदन भण्डारीको जन्मदेखि मृत्यूसम्मका विविध विषयका २१ वटा अध्यायहरु समेटिएका छन् । २०७१ साल देखि लेखन सुरु गरिएको पुस्तकको प्रकाशन सांग्रिला बुक्सले गरेको हो ।
अध्यक्ष ओली अनेरास्ववियूको नयाँ नेतृत्वको सपथ ग्रहण कार्यक्रममा पनि सहभागी हुनेहुनेछ । दुवै कार्यक्रम राष्ट्रिय सभागृहमा एकै समयमा हुनेछन् ।