अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा

बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा


देउखुरी–उद्योग वाणिज्य सङ्घ दाङद्वारा घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा पुगेको छ । करिब एक हजार क्षमताको सो सभागृह वि.सं. २०७४ देखि निर्माण सुरुआत गरिएको थियो । जिल्लामा सभागृह नहुँदा राष्ट्रियस्तरका ठूला कार्यक्रम गर्न अप्ठेरो अवस्था थियो । घोराही उपमहानगरपालिका–१४ मा करिब रु.३० करोडका लगानीमा निर्माणाधीन सो सभागृहको काम करिब ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

सङ्घका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले बहुउद्देश्यीय सभागृह निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार घोराही नगर विकास समितिले दिएको १२ कठ्ठा बढी जग्गामा सभागृह निर्माण सुरु गरिएको थियो । उहाँले भन्नुभयो, “सभागृह सम्पन्न भएपछि जिल्लालाई आर्थिक दृष्टिकोणले राहत मिल्ने छ ।”