इनरुवा–कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताउनुभयो । उहाँले रासससँग भन्नुभयो “विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ । ”
उहाँले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा योजना तथा विकास कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार विद्युत्सहित भौतिक संरचना निर्माणमा जोड दिएको बताउनुभयो ।
प्रतिक्रिया