अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टी शितको थोपा जस्तो :बास्कोटा

माधव नेपालको पार्टी शितको थोपा जस्तो :बास्कोटा


काठमाडौं -नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपालको पार्टी शितको थोपा जस्तो भएको बताउनुभएको छ ।
पोखरामा आज पत्रकारहरुसँग कुरा गर्दै बास्कोटाले घाम झुल्केपछि शितको थोपा आफैं सुकेर जाने बताउनुभयो । चुनाव पछि नेपालसँग गएका पूर्व एमालेहरु पुन एमाले मै फर्कने बास्कोटाको भनाय छ । बास्कोटाले माधव नेपालहरुको गमनलाई पार्टी फुटेको रुपमा बुझ्न नहुने बताउनुभएको छ । पार्टी फुटेको होइन एमालेले काँचुली फेरेको हो बास्कोटाको भनाइ छ ।