भक्तपुर -नेकपा माओवादीका नेता तथा मकवानपुरबाट २०६४ सालको संविधानसभा सदस्य दिलबहादुर घिसिङ सहित नेकपा माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।
घिसिङ मोहन वैद्य नेतृत्वको माओवादीमा आवद्ध हुनुहुन्थ्यो । उहाँसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराज लगायतका नेता आज एमाले प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा स्वागत गर्नुभएको छ ।
नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको र माओवादीमा रहेका असल र इमान्दार कार्यकर्ता एमालेमै समाहित भएको बताउनुभयो । नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल, मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गर्नुभएको थियो ।







प्रतिक्रिया