अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुर्सीको गरिमालाई जोगाउन सभामुखले राजीनामा दिनुपर्छ :  भैरवसुन्दर श्रेष्ठ

कुर्सीको गरिमालाई जोगाउन सभामुखले राजीनामा दिनुपर्छ :  भैरवसुन्दर श्रेष्ठ


काठमाडौं – नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नु भएको छ ।

मंगलबार राष्ट्रियसभामा समय लिएर उहाँले, सभामुखले दलहरुलाई समान व्यवहार नगरेको हुनाले राजीनामा माग गर्नुभएको हो ।

‘कुर्सीको गरिमालाई जोगाउन, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भन्नुभयो ।

त्यसैगरी एमाले सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने बताउनुभयो ।