अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार दिनगन्ती गरेर बस्दैन, समय खेर फाल्दैनौं : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

सरकार दिनगन्ती गरेर बस्दैन, समय खेर फाल्दैनौं : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य


चितवन- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि दिन गन्ती गनेर नबस्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेको भए पनि दिन गन्ती गरेर नबस्ने स्पष्ट पार्नुभएको छ ।

‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन । तर, हामी दिन गन्ती गरेर बस्दैनौं, बस्ने पनि छैनौं’, उहाँले भन्नुभयो, ‘हरेक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ । त्यसको कार्यक्रम तयार गर्नुपर्छ भनेर लागेका छौँ ।’

सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उहाँले बताउनु भयो ।

‘हामीले पहिला आफ्ना आचरण कस्तो हुने भनेर आफ्नो लागि भनेर आचारसंहिता बनाएका छौँ । बनाएका मात्रै छैनौँ । लागू पनि गरेका छौँ’, उहाँले भन्नुभयो, ‘जे जति समय पाउँछौँ, अलिकति पनि खेर फाल्दैनौँ । जति समय छ, त्यति बेलासम्म काम गर्छौं ।’