काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताउनु भयो ।
केपी शर्मा ओली भन्दा अगाडि बोल्नु भएका पूर्वसभामुख दमननाथ ढुंगानाले ‘कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् ’ भन्नुभएको थियो । त्यसमा असहमति जनाउँदै ओलीले भन्नुभयो, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हौं ।’
उहाँले भन्नुभयो, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।’ बरु नेपालको लोकतन्त्र यस्तो हुनुपर्छ भनेर एमालेले अघि सारेको खाका अरु पार्टीसँग नभएको उहाँको दाबी छ ।







प्रतिक्रिया