काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ नेपाली त्यहाँ एमाले भएको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको जीवनमा आधारित पुस्तक श्वेतसार्दुलको विमोचनका क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
आफूहरुले २०२४÷०२५ मा झापाबाट कम्यूनिष्ट आन्दोलनको एउटा झिल्को बालेको त्यो अहिले देश विदेशमा फैलिएको बताउनुभएको छ । ‘झिल्को भएपछि फैलिन्छ । यो आन्दोलनको झिल्को अहिले त बढ्दै बढ्दै जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ पुगेको छ’ ओलीले भन्नुभयो ।
अहिले केही अस्थायी घटनाहरु भएको ओलीले बताउनुभयो ।संविधान दिवशको दिन वितरण गरेको तक्माले सरकारको विपक्षमा बोल्ने सबैको मुख थुन्न खोजेको आरोप लगाउनुभयो ।‘निर्णय खारेज गर्ने न्यायधिसलाई पनि तक्मा दिएको छ कसले निर्णय गर्ने,बहस गर्ने वकिललाई पनि दिएको छ कसले बहस गर्ने,टेलिभिजनलाई पनि दिएको सरकारका विरुद्ध को बोल्ने’ अध्यक्ष ओलीले भन्नुभयो‘सबैतिर ढ्याक्ढ्याक्ती ढोका थुनेको छ । कतैबाट विरोधको स्वर नआओस । कतैबाट आवाज नआओस । म प्रधानमन्त्री भएको बेला यसो गरेको भए के हुन्थ्यो ?’







प्रतिक्रिया