काठमाडौं- आज पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । हाल नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । संक्रमितमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा २६१, कास्कीमा १०६, ललितपुरमा ९८, मोरङमा ९६ र सुनसरीमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी चितवनमा ६८, झापामा ५१, भक्तपुरमा ४३, रुपन्देहीमा ३९, मकवानपुरमा २०, कैलालीमा १४, नवलपरासी पुर्वमा १३ र काभ्रेपलाञ्चोकमा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया