अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको निर्देशनमा गुण्डागर्दी शुरु भयो, प्रतिवादमा उत्रन ओलीको निर्देशन

सरकारको निर्देशनमा गुण्डागर्दी शुरु भयो, प्रतिवादमा उत्रन ओलीको निर्देशन


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी शुरु भएको छ । त्यसैले अब चुप लागेर समय होइन प्रतिवादमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।

अनेरास्वबियुले आज आयोजना गरेको नयाँ नेतृत्वको पदस्थापन समारोहमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

‘सरकार निर्देशित, संचालित, संरक्षित गुण्डागर्दीको तपाईंहरूले भण्डाफोर गर्नुपर्छ, प्रतिवाद गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । डर, त्रास, धम्की होइन । समाज र देशमा शान्तिपूर्ण होस्, न्यायपूर्ण र सम्मान व्यवहार होस् । भयरहित सम्मानजनक व्यवहार होस् भन्ने जनता चाहन्छन । तर, जनतालाई शान्तिपूर्ण बस्न दिँदै दिइएन भने प्रतिवाद गर्नु परेन ?’

वर्तमान सरकारको निर्देशनमा प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पर्ने उहाँले बताउनु भयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भयरहित ढंगले जीवनयापन गर्न चाहेका जनताको चाहनाविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ— ‘जनतालाई सरकारले दुःख दिनु हुँदैन । लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै होइन । जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो ।’