अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी गुण्डागर्दीको प्रतिवादमा उत्रन अध्यक्ष ओलीको निर्देशन

सरकारी गुण्डागर्दीको प्रतिवादमा उत्रन अध्यक्ष ओलीको निर्देशन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकारी गुण्डागर्दीको प्रतिवादमा उत्रन अखिलका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रममा बोल्दै ओलीले जनताले भयरहित ढङ्गले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रिनुको विकल्प नरहेको बताउनुभयो ।

‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढङ्गले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढङ्गले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मूकदर्शक भएर हेर्छन्’ ओलीले भन्नुभयो ।