अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्र मन्त्रीको कार्यभार सम्हालेको केही घण्टामै खड्का अमेरिका उड्ने

परराष्ट्र मन्त्रीको कार्यभार सम्हालेको केही घण्टामै खड्का अमेरिका उड्ने


काठमाडौं -परराष्ट्र मन्त्रीको कार्यभार सम्हालेको केही घण्टामै डा.नारायण खड्का अमेरिका प्रस्थान गर्दैहुनुुहुन्छ । न्यूयोर्कमा हुने राष्ट्र संघको महासभामा भाग लिन खड्का त्यहाँ जाने टोलीको नेतृत्व गर्दै अमेरिका जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गठबन्धन र पार्टी भित्रबाट विरोध हुँदाहुँदै पनि प्रधानमन्त्री शेरबहादुर देउवाले महासभामा भाग लिने नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गराउन कै लागि खड्कालाई हतारमा मन्त्री नियुक्त गर्नुभएको हो । खड्का आज साँझ अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ ।
बहुचासोको बिषय रहेको एमसीसीका बारेमा संवाददाताहरुले सोधेको प्रश्नमा खड्काले आफ्नो अहिलेको भ्रमणको प्राथमिकता एमसीसी नभएको प्रतिक्रिया दिनुभएको छ ।