अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको दाबी : गच्छदार

ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको दाबी : गच्छदार


काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा आफू दोषी नरहेको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजाने काम मात्र गरेको बताउनुभएको छ ।

उपसभापति गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहबाट आफूलाई मात्र चरित्र हत्या गर्ने षड्यन्त्र गरी फसाउन खोजिएको  स्पष्ट पार्नुभएको छ । गच्छदार भन्नुहुन्छ— ‘प्रधानमन्त्री निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनु पहिले नै सुरू भएको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ । मन्त्रिपरिषद्‍मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ । मलाई मुद्दा लगाएर अरुलाई चाहिं चोख्याउने काम भएको छ ।’