अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विभाजन भएको होइन, माधव नेपालको दुई-चार जना मात्रै बाहिरिएर गएको हो : ओली

एमाले विभाजन भएको होइन, माधव नेपालको दुई-चार जना मात्रै बाहिरिएर गएको हो : ओली


बर्दिया–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको होइन, दुई-चार जना नेता/कार्यकर्ता मात्रै बाहिरिएको बताउनु भएको छ । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही कुहिएर झरेका पात भएको र दुई-चार जना बाहिरिए जाँदा पार्टी विभाजन वा फुटेको भन्न मिल्दैन स्पष्ट पार्नुभयो । उहाँ भन्नुहुन्छ– ‘पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् ।’

‘अदालतले फैसला गर्‍यो भने माधव नेपालले खोलेको पार्टी, (नेकपा एस) ले मान्यता पाउनै सक्दैन,’ ओलीले भन्नुभयो, ‘पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ? हामीले अदालतमा मुद्दा दर्ता गरेका छौं ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा पाँच वटा सिट पनि जित्ने अवस्था थिएन । तर हाम्रो कारणले गर्दा ३६ सिट जिताएको बताउनु भयो । ‘जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दियो,’ ओलीले भन्नुभयो ।