काठमाडौं- नेकपा एकीकृत समाजवादीले भोलि पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी गराउनु भयो ।
खतिवडाले भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने बताउनुभयो । बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताउनुभयो ।





प्रतिक्रिया