अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको बैठकमा देउवा र पौडेलबीच भनाभन

कांग्रेसको बैठकमा देउवा र पौडेलबीच भनाभन


काठमाडौं- नेपाली काँग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवा बीचैमा बैठक छाडेर हिड्नु भएको छ ।

बैठककमा नेता पौडेलले एनआरएनको चुनाव, असोज ९ गते गइरहेको पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी बनाएको भन्दै देउवासँग जवाफ माग्नु भएको थियो ।

पौडेलले प्रस्तावसहित जवाफ माग्नुभएपछि देउवा रिसाउनु भएको थियो । देउवा बैठक सुरु भएको केही बेरमै पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट बाहिरनु भएको थियो ।