काठमाडौं -सरकारमा माधव नेपालले पाँचवटा मन्त्रीको कोटा पाउनुहुने भएको छ । आज भएको सर्वदलीय बैठकमा नेपालको पार्टीलाई पाँच मन्त्री र एक राज्य मन्त्री दिने सहमती भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
सरकारलाई साघाउन बनेका कार्यदलले गरेको प्रस्तावलाई नै सामान्य हेरफेर गरेर गठबन्धनको बैठकले अन्तिम रुप दिएको हो । जस अनुसार माओवादीलाई छ जना मन्त्री र एक राज्यमन्त्री जनता समाजवादी पार्टीलाई चार जना मन्त्री र एक राज्य मन्त्री दिने सहमती भएको छ । काँग्रेसले सातवटा मन्त्रालय लिने सहमती छ ।
काँग्रेस भित्र रामचन्द्र पौडेल समुहले वितण्डा गरेर देउवालाई रोक्न सकेन भने भोली साँझसम्ममा नयाँ मन्त्रीहरुको सपथ गराउने तयारी छ । तर काँग्रेसभित्रको किचलोले मन्त्रिपरिषदको भविष्य निर्धारण गर्ने एक नेताले जानकारी दिए ।
देउवाले एकलौटी गरेको भन्दै असन्तुष्ट पौडेलले आज पनि काँग्रेस पदाधिकारी बैठकमा कुरा राख्दा देउवा झाक्किदै बैठकबाट उठेर हिड्नु
भएको छ । देउवा पौडेलको यो विवाद भोली नै समाधान भइहाल्ला भन्नेमा काँग्रेसजन पनि विश्वस्त छैनन् ।





प्रतिक्रिया