काठमाडौं–सानिमा बैङ्कले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् ।







प्रतिक्रिया