काठमाडौं- बाँके र बर्दियाका दुईवटा कार्यक्रम सकेर हिजो साँझ मात्र काठमाडौं फर्कनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज काठमाडौंमा विशेष कार्यक्रमलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गर्ने वृह्त्त भेलालाई अध्यक्ष ओलीले दिउसो एक बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा महासचिव इश्वर पोख्रेल,स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना हुने एमालेले जनाएको छ ।







प्रतिक्रिया