अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा(एस)को महासचिव वृद्ध नेतालाई कि युवालाई ?

नेकपा(एस)को महासचिव वृद्ध नेतालाई कि युवालाई ?


काठमाडौं- नेकपा एकिकृत (समाजवादी)ले आज महासचिव टुंगो लगाउने भएको छ । त्यसका लागि छ जना नेताहरुले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

वयोवृद्ध नेताहरु मुकुन्द नेउपाने, र डा.बेदुराम भूसालले आफ्नो दाबी सशक्त पार्नु भएको छ । तर दुई धादिङे नेताहरु पनि यस दौडमा निकै अगाडि पुगेका छन् । गंगाधर तुलाधर र राजेन्द्र पाण्डे पनि यो रेसमा छन् । त्यस्तै कर्णालीमा फ्लोर क्रस गरेर चर्चा पाएका प्रकाश ज्वाला र बुटवलका विजय पौडेल महासचिवका अर्का प्रत्यासी हुन् ।

अध्यक्ष माधव नेपालले आफ्नै उमेर समुहका नेतालाई मासचिव मनोनीत गर्ने प्रवल सम्भावना छ । खासगरी मुकुन्द वा डा.बेदुराम नेपालको रोजाइमा रहेको समाजवादी स्रोतको भनाइ छ । आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकले यसको छिनोफानो गर्नेछ ।

पाण्डेले बागमतीको मूख्यमन्त्रीको प्रत्यासीको रुपमा उभ्याएर महासचिवको रेसबाट बाहिर निकाल्ने नेपालको तयारी छ । त्यस्तै भुसाललाई मन्त्री बनाइदिने आश्वासन दिएर थुमथुम्याउने नोपलको योजना छ । सांसद नभएका तुलाधर, ज्वाला र पौडेलले सांसद भएकाहरुलाई मन्त्री बनाउनु पर्ने र आफूहरु मध्येबाट महासचिव बनाइनु पर्ने दाबी नेपाल समक्ष पेस गरेका छन् ।