अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूसँग चुनाव लड्न प्रचण्डलाई बादलको चेतावनी

आफूसँग चुनाव लड्न प्रचण्डलाई बादलको चेतावनी


चितवन -नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले माओवादी अध्यक्ष प्रचण्डलाई आफूसँग चुनाव लडेर देखाउन चुनौति दिनुभएको छ ।
चितवनमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा थापाले नेपाली कम्यूनिष्ट आन्दोलनमा प्रचण्ड एक्लिदैं गएको बताउनुभएको छ । ‘केही दिन यता प्रचण्डजीले ठूला ठूला कुरा गरेको सुन्छु ’थापाले भन्नुभयो ‘आउने चुनाव चितवनमा सँगै लडौंला । जनताले कसलाई विश्वास गर्दछन् अनि थाहा होला ।’
एमालेले गरेका १० बुँदे सहमति र २ जेठमा फर्कने निर्णयले आफूलाई कुनै फरक नपरेको थापाले बताउनुभयो ।‘ जेठ २ मा फर्कने कुराले मेरो जिम्मेवारीमा केही फरक पर्दैन’ थापाले भन्नुभयो ।