अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी एजेन्डाविहीन भएको भन्दै सिंगो गाउँ नै एमालेमा

माओवादी एजेन्डाविहीन भएको भन्दै सिंगो गाउँ नै एमालेमा


मोरङ– पार्टीको कुनै एजेन्डा नभएको भन्दै नेकपा (माओवादी) पार्टी परित्याग गर्दै मोरङको कानेपोखरीमा सिंगो गाउँ नै एमालेमा समाहित भएको छ ।

शनिबार नेकपा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नारायण चोक, नर्सरी टोल,मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन माओवादी नेताहरु एमालेमा समाहित भएको हो । समाहित हुने माओवादी पार्टीका जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सचिवालय सदस्य र वडा कमिटी सचिवालय सदस्यहरु रहेका छन् ।

नेकपाबाट एमाले माओवादी अलग भए पछि पनि पूर्वमाओवादी नेताहरु चित्रबहादुर राई, डम्बर कटुबाल र टेक बहादुर तामाङ भने एमालेमै रहनुभएको थियो । तामाङ भने गत स्थानीय तहको निर्वाचनमा माओवादी पाटीबाट ४ नं। वडामा वडाध्यक्ष उम्मेदवार हुनुहुन्थ्यो ।

नेताहरुलाई एमाले प्रदेश १ सदस्य डिपी राई, मोरङ क्षेत्र नं। ३ ख, का सांसद तथा पूर्वराज्य मन्त्री राजकुमार ओझालगायतले स्वागत गर्नुभयो ।