ललितपुर -काठमाडौंको कपनस्थित ढलमा खसेर हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।
ललितपुर प्रहरी परिसरका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो।
कपनको सडकमा खुला राखिएको ढलमा खसेर बेपत्ता बालकको शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया