काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षका शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ‘शवको पहिचान खुलेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।
प्रहरीले घटनास्थलमा आएर शव जाँच गरिरहको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनु भयो ।
प्रतिक्रिया