अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु.८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु.८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु.८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला रु.८८ हजार ५५०मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु.१० ले घटेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएकामा आज रु एक हजार १५० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।