काठमाडौं- काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट घाइते लामाको अवस्था गम्भीर छ । लामाको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न आरोपमा विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले किन खुकुरी प्रहार ग¥यो भन्ने बारेमा तथ्य खुलेको छैन ।
प्रतिक्रिया