काठमाडौं– ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताउनु भएको छ । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुनुहुन्छ ।
शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैहुनुहुन्छ । यसै सन्दर्भमा, विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा अघिकांश नेताहरुले केन्द्रीय पदाधिकारीमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव दिनु भएको थियो । तर, जवाफ दिने क्रममा उपमहासचिव पौडेलले ‘७० वर्षे उमेर हद कायमै राखिने भएको छ’, भनी जवाफ दिनुभएको छ ।







प्रतिक्रिया