अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव र यादवको अनुनयपछि पार्टी फुटाउने अध्यादेश फिर्ता गरेर मात्र सरकार विस्तार गर्ने सहमति

माधव र यादवको अनुनयपछि पार्टी फुटाउने अध्यादेश फिर्ता गरेर मात्र सरकार विस्तार गर्ने सहमति


काठमाडौं- पार्टी फूटाउने अध्यादेशको डरले सरकार विस्तार गर्न नसकिएको सत्तारुढ गठबन्धनका नेताहरुले स्विकारेका छन् ।
माधव नेपाल र उपेन्द्र यादवले अध्यादेशको सबभन्दा बढी त्रास बोकेको नेताहरुले बताएका छन् । आज भएको सत्तारुढ गठबन्धनको बैठकमा सरकार विस्तार गर्ने तर पार्टी फुटाउने अध्यादेश निस्क्रिय बनाएपछि मात्र गर्नुपर्ने आवाज नेपाल र यादवले चर्को रुपमा उठाउनुभएको थियो ।
माधव नेपालको पार्टीबाट मन्त्री नपाउनेले यही अध्यादेशमा टेकेर पार्टी फूटाउने सम्भावना प्रवल छ । यही त्रास उपेन्द्र यादवलाई पनि छ । त्यसैले अध्यादेश निस्क्रिय पारेर मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।