अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा कसरी भोट माग्न जाने होला भन्ने चिन्ता छैन :  ओली

चुनावमा कसरी भोट माग्न जाने होला भन्ने चिन्ता छैन :  ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चुनावमा जान कुनै चिन्ता नभएको बताउनु भएको छ । एजेन्डा आफूहरूसँगै रहेकोले कसरी चुनावमा जाने भन्ने पिर, चिन्ता लिइरहनु नपर्ने उहाँले केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष ओली भन्नुहुन्छ- ‘हामीले काम गरेका छौँ । कामको फेहरिस्त छ । राष्ट्रियताका लागि गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं। त्यसैले हामीलाई चुनावमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको समेत बताउनु भएको छ ।