काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार २४ घण्टामा १३ हजार ७३६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप १ हजार २७९ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण थप नौ जनाको मृत्यु भएको छ ।
हालसम्म देशभर कुल ११ हजार ९६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया