काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिएसँगै एमाले केन्द्रीय कमिटी बैठक समापन भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि जारी बैठक अध्यक्ष ओलीको जवाफ सँगै सकिएको छ । शनिबारको बैठकमा विधान महाधिवेशनमा पेश गरी विभिन्न प्रस्ताव माथि समूहगत छलफल भएको थियो।
शुक्रबारदेखि सुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष सहितको सुझाव प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको थियो ।
अध्यक्ष ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राख्नुभएको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गर्नुभएको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो ।
अध्यक्ष ओलीले एमाले विभाजनले क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया