अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नदीले बगाएर एक बालकको मृत्यु, एक बेपत्ता

नदीले बगाएर एक बालकको मृत्यु, एक बेपत्ता


रौतहट- रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको मृत्यु भएको छ भने अर्का एक जना बेपता भएका छन् ।

राजदेवी नगरपालिका-९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका चार जनामध्ये एक जनाको मृत्यु भएको हो । माछा मार्न गएका बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि स्थानीयले दुई जनालाई जिवितै उद्धार गरेका थिए ।

नुहाउने क्रममा पानीमा डुबेर १० वर्षीय अवित रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीसँगै गएका १० वर्षका चिन्टु पासवान बेपता भएको प्रहरी कार्यालयले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ भने बेपत्ता बालको खोजी कार्य भइरहेको प्रहरी प्रहरी कार्यालयले बताए ।