काठमाडौं– नेकपा एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ ।
विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा तीन उपाध्यक्ष राख्ने मस्यौदा पेश गरिएको थियो । उक्त मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा भएको छलफलमा धेरैजसो सदस्यहरुले सात उपाध्यक्ष राख्न सुझाव दिनु भएको थियो ।
आजको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष केपी शर्मा ओलीले उक्त सुझावलाई सकरात्म लिनु भएको छ ।
‘सात उपाध्यक्ष राख्नुपर्ने सुझाव अधिकांश साथीहरुको छ । यो सुझाव सकारात्मक छ । सो सुझावलाई ग्रहण गर्दै विधान महाधिवेशनले निर्णय गर्छ,’ ओलीले भन्नु भयो ।







प्रतिक्रिया