काठमाडौं – चार लाख भारतीय रुपैयाँसहित धनुषाबाट एक जना पक्राउ गरेको छ । सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट पक्राउ गरेको हो ।
भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
साइकलमा सवार यादवलाई चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।







प्रतिक्रिया