अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगणनाका गणकको नतिजा प्रकाशित

जनगणनाका गणकको नतिजा प्रकाशित


काठमाडौं– केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ का गणकहरुको सर्टलिष्ट सूची प्रकाशित गरेको छ ।

विभागका अनुसार सर्टलिष्ट गर्दा आवश्यक गणकको संख्या भन्दा ३० प्रतिशत बढी सर्टलिष्ट गरिएको छ । नतिजा विभागको वेबसाइट https://cbs.gov.nphttps://censusnepal.cbs.gov.np मा राखिएको छ ।

विभागका अनुसार १ लाख ५० हजार आवेदनबाट ३९ हजार जनालाई छनौट गरिएको हो । छनौट गर्दा आवेदकको स्थानीयता,विगतको कार्य अनुभव,शैक्षिक योग्यताको श्रेणी आदिलाई आधार मानिएको विभागका निर्देशक एवं जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

विभागका अनुसार सर्टलिष्ट सर्दा सकभर स्थानीइलाई प्राथमिकतामा राखिएको छ । सर्टलिष्टमा नाम निस्किएकाहरुलाई असोज १४ गतेभित्र पायक पर्ने खोप केन्द्रमा खोप लगाउन आहवान गरेको छ ।

गणकहरुलाई आगामी कातिक १ गते देखि ५ गतेसम्म सम्बन्धित जिल्ला जनगणना कार्यलयमा सम्पर्क राख्न भनिएको छ । कातिक १३ देखिख १६ गतेसम्म गणक तालिम हुनेछ । कातिक २५ गते देखि मंसिर १५ गतेसम्म गणकहरु आफूलाई तोकिएको घर परिवारमा गएर लागत संकलन गर्नेछन् ।