अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारबाट रिसाएर फर्केका प्रचण्डले बोलाएको माओवादीको स्थायी कमिटी बैठकले के निर्णय गर्ला

बालुवाटारबाट रिसाएर फर्केका प्रचण्डले बोलाएको माओवादीको स्थायी कमिटी बैठकले के निर्णय गर्ला


काठमाडौं -सरकार सञ्चालन र मन्त्री परिषद विस्तारको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग रिसाएका माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक बोलाउनु भएको छ ।
बैठक अहिले पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा जारी छ । बैठकमा केपी ओलीको सरकारलाई विस्थापन गरेर देउवालाई प्रधानमन्त्री बनाउन सघाँउदा पार्टीका इमेज बढ्यो घट्यो भन्ने बिषयमा नेताहरुले धारणा राखिरहेका छन् । एक नेताका अनुसार देउवाको अढाइ महिने कार्यशैलीले प्रचण्ड आजित हुनु भएको छ । हिजोको गठबन्धन बैठकमा प्रचण्डले यही ताल हो भने माओवादीको मन्त्री फिर्ता बोलाउछु । एक्लै सरकार चलाउनुहोस भनेर देउवालाई चेतावनी दिनुभएको थियो ।