काठमाडौं – राजनीतिक दल विभाजन गर्न ल्याइएको अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सो अध्यादेश निष्क्रिय बनाएर मात्रै मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धनमा सहमति भएकोले आजको बैठकमा उक्त विषयले प्रवेश पाउने बालुवाटार स्रोतले बताए ।
आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिलाई सिफारिस गर्नेछ । त्यसपछि राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको घोषणा हुनेछ ।
अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्याउन सक्ने व्यक्तिले दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।
अध्यादेश फिर्ता नहुँदा फेरि पनि पार्टी फुट्न सक्ने डरले गठबन्धनमा आबद्ध दलहरुले अध्यादेश फिर्ता लिएपछि मात्रै वर्तमान सरकारमा सहभागी हुने अडान लिएका छन् ।







प्रतिक्रिया