अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माणाधीन घरमा काम गर्ने एक मजदुरको लडेर मृत्यु

निर्माणाधीन घरमा काम गर्ने एक मजदुरको लडेर मृत्यु


रुपन्देही- रुपन्देहीमा एक मजदुरको लडेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको हो । चौधरी लमही नगरपालिका–९ वनभुटानी निवासी हुन् ।
घरमा प्लास्टर गर्ने क्रममा एक्कासी बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीसँगै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २५ वर्षीय गोविन्दप्रसाद थारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।