जनकपुरधाम- प्रदेश-२ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । तराईका महिलाको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिनुहुँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने घोषणा गर्नु भयो । यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामना दिनु भएको छ ।
प्रतिक्रिया