काठमाडौं– नेकपा (एमाले) का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै बस्नेतले भन्नुभयो, “एउटै दल सघैं प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।”
बस्नेतले कुनै दलले आफ्ना सांसद्लाई कारबाही गर्दा तुरुन्त सदर हुने र अर्कोले गर्दा नहुने भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिनुभयो । बस्नेतले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने पनि बताउनुभयो ।







प्रतिक्रिया