अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोलम्बियाका फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु, १२ घाइते

कोलम्बियाका फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु, १२ घाइते


बोगोटा – कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच सर्वसाधारको मृत्यु भएको छ ।

यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको ‘सार्वजनिक प्रतिष्ठान’ मा भएको हो ।

सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार आक्रमण हुँदै आएको जानकारीमा छ ।

गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरुले अन्धाधुन्ध गोली चलाएका थिए । गोलीले लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको हो । यस घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।