काठमाडौं- नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले १० बुँदे सहमति ९० प्रतिशत कार्यान्वयन भइसकेको बताउनु भयो । उहाँले बाँकी विधान महाधिवेशनअघि नै टुंगिने दाबी गर्नुभो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै गुरुङले ‘१० बुँदेको कुरा ९० प्रतिशत समाधान भइसकेको बताउनु भयो । उहाँ भन्नुहुन्छ- ‘जेठ २ मा फर्किनलाई एक/दुई जिल्ला मात्रै बाँकी छ । त्यसको लागि हाम्रो कार्यदलले काम गरिरहेको छ । विधान महाधिवेशनअघि नै यो समाधान हुन्छ।’
‘सुदूरपश्चिममा पनि जिल्लाहरूमा सबैतिर समस्या समाधान भइसक्यो,’ गुरुङले भन्नुभयो,‘भीम रावल र लेखराज भट्टजीहरूबीच समझदारी कायम गरेर मिलाउने प्रयास भइरहेको छ । उच्चस्तीय कार्यदलको पहलमा अध्यक्षले टुंगाउनुहुन्छ ।’







प्रतिक्रिया