काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालो सूचीमा पार्न खोजेको चिन्ता व्यक्त गर्नुभएको छ । बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा २१–२२ अर्ब रुपैयाँ कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरिरहेको बताउनु भयो ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अधिकारीले भन्नुभयो, ‘झण्डै २१-२२ अर्ब अन्तर्राष्ट्रिय कानून, आतंककारी कानूनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने बाटोमा सरकार लागिरहेको छ ।’







प्रतिक्रिया