नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसीरमा हुने भएको छ । काउन्सिलले आज कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन दुई चरणमा हुने जानकारी दिएको हो ।
काउन्सिलद्वारा जारी सूचना अनुसार पहिलो चरणमा उपत्यका बाहिर र दोस्रो चरणमा काठमाडौं उपत्यकामा निर्वाचन हुनेछ ।
उपत्यकाबाहिर मंसीर ३ र ४ गते निर्वाचन हुनेछ भने काठमाडौं उपत्यकामा १० र ११ गते हुनेछ । निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन गर्ने छ भने असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ ।
यस्तै, मतदाता नामावली प्रकाशन भने असोज २५ गते हुनेछ । उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने समय कात्तिक १ र २ गतेलाई तोकिएको छ । कात्तिक ३ गते उम्मेदवारीमा दावीविरोध गर्न पाइनेछ भने ४ गते उम्मेदवारी फिर्ता लिन पाइनेछ । अन्तिम नामावली प्रकाशन मंसीर ५ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया