काठमाडौं -नेकपा एमालेमा १० बुँदे सम्झौता कार्यन्वयनको चर्को माग राख्ने भीम रावललाई उक्त सम्झौता कार्यन्वयनको संयोजक बनाइएको छ ।
पार्टीको आज बसेको स्थायी कमिटी बैठकले १० बुँदे सम्झौता कार्यन्वयनको संयोजक तोकेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ । यस अघि महासचिव इश्वर पोखरेल संयोजक रहेको १० बुंदे कार्यन्वयन समितीमा शंकर पोखरेललाई पनि थप गरिएको छ । समितीमा अब रावल,पोखरेल,उपमहासचिव विष्णु पौडेल र घनश्याम भूसाल रहनुहुनेछ ।






प्रतिक्रिया