अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूनाः कमल थापा

देउवा भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूनाः कमल थापा


काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवाको शासन भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूना टिप्पणी गर्नुभएको छ ।

देउवाले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गर्दै थापाले लेख्नुभएको छ, ‘परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?’

थापा अध्यादेशको निरन्तर विरोधमा हुनुहुथ्यो ।