काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ लाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो ।
पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उहाँलाई बैंकक लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जण्डिस देखिएपछि समस्या भए लगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उहाँको बैंककमै उपचार गरिएको थियो ।







प्रतिक्रिया