काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने इच्छा नभएको बताउनु भएको छ । उहाँले आफ्नो सट्टामा अरुलाई नै पठाउने स्पष्ट पार्नुभएको छ ।
अध्यक्ष यादव भन्नुहुन्छ- ‘मलाई मन्त्री हुने रहर-इच्छा-जाँगर छैन । किनभने यसअघि पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु । त्यसकारण, मेरो पहिलो प्राथमिकता पार्टीको कामलाई दिनेछु ।’
यसैसन्दर्भमा, अहिलेसम्म गठबन्धन दलहरुले कतिवटा र कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागिसकेको छैन । गठबन्धन दलका शीर्ष नेताहरु देउवा, प्रचण्ड र नेपालले आ–आफ्नो पार्टीका मन्त्रीहरु छान्ने तयारी गरिरहनु भएको छ ।







प्रतिक्रिया